खेलकुद

Nepal News Time April 11, 2018

पूर्व च्याम्पियन बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा ४–१ को जित निकालेर बलियो स्थितीमा रहेको बार्सिलोना दोस्रो लेगमा रोमाको मैदानमा ३–० ले पराजित भयो । जसका कारण रोमा अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो । घरेलु मैदानमा भएको च्याम्पियन्स […]

Nepal News Time April 8, 2018

पहिलो पटक नेपालबाट आईपीएलमा सहभागीता जनाउँदै गरेका नेपालका होनहार क्रिकेट खेलाडी सन्दीप लामिछानेले सम्भवतः आइतबार दिल्ली डेयरडेभिल्सबाट खेल्न पाउने छन् । शनिबाररातिदेखि सुरु भएको यो आईपीएल क्रिकेटको नयाँ सिजनको दोस्रो खेलमै सन्दीपको दिल्लीले खेल्न लागेको हो । नेपाली समयअनुसार मोहालीमा किंगस इलाभेन पञ्जाबसंग दिल्लीले खेल्दैछ । सबाल यो छ कि सन्दीपले पहिलो खेलमा खेल्न पाउँछन् […]

Nepal News Time April 6, 2018

जिम्वावेमा सम्पन्न विश्वकप क्वालीफायरमा आवश्यक न्युनतम खेल जितेर अन्तर्राष्ट्रिय एकदिवसीय खेलको मान्यता पाएसँगै नेपालमा एकाएक बढेको क्रिकेटको चर्चित शब्द हो रंगशाला। नेपालको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पछि धेरै नेपाली क्रिकेट प्रेमीको सामाजिक सञ्जाल हेर्ने हो भने लाग्छ सायद एउटा स्तरीय रंगशाला नभएर नै नेपाली क्रिकेटको विकास नभएको हो। एकदिवसीय मान्यतासँगै अहिले सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूको एक […]

Nepal News Time April 6, 2018

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वा इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयर डेभिल्सका समर्थकले अब राजधानीमै दिल्लीको जर्सी किन्न पाउने भएका छन् । आइपिएल सुरु हुन एक दिन मात्र बाँकी रहँदा स्पोर्टस् युनिभर्सले दिल्ली डेयर डेभिल्सको जर्सी विक्रीका लागि ल्याएको छ । ‘क्रिकेट र त्यसमा पनि सन्दीपका फ्यानहरुको माग बढेपछि हामीले जर्सी ल्याउने […]

Nepal News Time April 3, 2018

कलाकार तथा समाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले छोटो अवधिमै अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बनाउने बताएका छन । भैरहवामा रहेकोे सिद्धार्थ रंगशालामा ब्यटिङ्ग गर्दै उनले अब नेपालीले छिटै अन्तर्राष्ट्रिय मापदण्डको पिचमा खेल्ने प्रतिवद्धता जनाएका हुन् । सिद्धार्थ रंगशाला अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले निर्माणको प्रक्रिया लामो र सोचेर गर्नुपर्ने भए पनि निर्माणअवधि भने […]

Nepal News Time April 1, 2018

गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे ।   बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा बेलले आफ्नो […]

Nepal News Time March 29, 2018

दुई महिनापछि रुसले विश्वकप आयोजना गर्दैछ । त्यस अघिको मैत्रीपूर्ण खेलमा फ्रान्सले रुसलाई ३–० गोलले हराएको थियो । विश्व फुटबलको नियमनकारी निकाय फिफाले भनेको छ ।, ‘छुट्टाछुट्टै रिपोर्ट र तथ्यहरु संकलन भइरहेका छन् ।’ म्यान्चेटस्र युनाइटेडका पाउल पोग्बा र बार्सिलोनाका ओस्मान डेम्बेले रंगभेदको शिकार भएको बताइएको छ । रुस र फ्रान्सबीचको खेल सेन्ट पिटर्सबर्गमा रहेको […]

Nepal News Time March 28, 2018

इन्डियन प्रिमियर लिग (आईपीएल) को सिजन ११ मा दिल्ली डेयर डेभिल्सबाट खेल्न नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली पुगेका छन् । आउँदो अप्रिल ८ देखि हुने आईपीएलको ११ औँ सिजनका लागि सन्दीप मंगलबार दिल्ली आएका हुन् । सन्दीप बुधबारदेखि क्लबको फोटोसुटमा व्यस्त भएका छन् । उनी क्लबको अभ्यासमा पनि सहभागी भइसकेका छन् । अभ्यास सुरु दिल्लीको […]

Nepal News Time March 28, 2018

अर्जेन्टिना स्पेनसँग भारी गोलअन्तरले पराजित भएको छ । विश्वकपको तयारीमा रहेको अर्जेन्टिना स्पेनसँग ६–१ गोलअन्तरले पराजित भएको हो । घरेलु टोली स्पेनको जितमा इस्कोले ह्याट्रिक गोल गरे । खेलको पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको स्पेनले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । खेलको १२औं मिनेटमा नै डिएगो कोस्टाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका […]

Nepal News Time March 26, 2018

 सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यही चैत १७ गतेदेखि सुरु हुदैछ । प्रतियोगिता नजिकिँदै गर्दा ६ शहरका ६ टिमले विदेशी खेलाडीको टुंगो लगभग लगाएका छन् । डीपीएल–२ क्रिकेट खेल्न कस्ता विदेशी खेलाडी आउनेछन् भन्ने क्रिकेटप्रेमीको मनमा खुलदुली चलिरहँदा प्रायः सबै टिमले विदेशी खेलाडीको टुंगो लगाएका छन् । यतिबेला डीपीएलमा सहभागी क्लबहरू […]