समाचार

Nepal News Time April 14, 2018

पोखरामा २४ करोडको लागतमा फनपार्क बन्ने भएको छ । हाईड्रोपावरमा लगानी गर्दै आईरहेका १३ जना युवाहरुको आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा फिस्टेल ड्रिमपार्क बनाउन लागेका हुन् । ड्रिमपार्क यसअघि ढुंगेसाँघु मेला लाग्ने स्थलको माथिल्लो क्षेत्रमा निर्माण गर्न लागिएको हो । तल्लो क्षेत्र खाली नै रहेकाले ढुंगेसाँघु […]

Nepal News Time April 13, 2018

सरकारले  फेसबुक लगायतका सामाजिक संजालमा प्रवाह गरिएको गलत सूचनाको खण्डन गरेको छ । शुक्रवार  सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गर्दै गलत सूचनाको खण्डन गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा ‘साविक सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको लेटरप्याड , पूर्व माननीय मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक संजालमा नेपाल सरकारले नयाँ बर्ष […]

Nepal News Time April 13, 2018

 पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएकाा छन्। पाकिस्तानको सर्वोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो। पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ। यस विषयमा सरिफको प्रतिक्रिया […]

Nepal News Time April 13, 2018

अवकाशप्राप्त प्रहरी अधिकारीको  घरमा कार्यरत प्रहरीलाई फिर्ता गर्न गृह मन्त्रालयले ताकेता गरेको छ। सात दिन भित्र अवैध रुपमा खटाइएका प्रहरीलाई फिर्ता गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई शुक्रबार निर्देशन दिएको हो। पूर्व प्रहरी अधिकारीहरुले ३ सय १५ जना प्रहरी अनाबश्यक रुपमा प्रयोग गर्दे आएको खुलेपछि उनीहरुलाई फिर्ता गर्न पत्राचार भएको हो। […]

Nepal News Time April 6, 2018

हिन्दु युवा संघका तत्कालिन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियराम कुशवाहालाई जन्मकैदको सजाय भएको छ । जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले गत फागुन २८ गते सियारामलाई जन्मकैदको फैसला सुनाएको हो । यसअघि तिवारीको हत्या अभियोगमा चार वर्ष पहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका […]

Nepal News Time April 6, 2018

अर्चना पनेरु आफु चर्चामा आउन जति तल गिर्न पनि तयार भएको प्रमाणित जस्तै भएच। किनकी केही दिनअघि अर्चनाले एक अमेरिकी नागरिकसँग बिहे गरेको भनेर धुमधडाका गरेकी थिईन् । उनले फेसबुकमा जोडीको फोटो हाल्दै आफूले खोजेजस्तो केटा पाएको बताएकी थिइन् । तर यो सबै आमाछोरीको फन्डा मात्र रहेको खुलेको छ । अर्चनाले आफ्नो फेसबुक लाइभमा आएको […]

Nepal News Time April 4, 2018

काठमाडौं – सातवटै प्रदेशका मुख्यमन्त्रीलाई राज्यद्वारा दिइने विभिन्न सुविधासहित मासिक तलब ६० हजार ९ सय रुपियाँतोकिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार तयार गरी पठाएको नमुना कानुन मस्यौदामा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीको सेवा सुविधा तोकेर पठाएको हो। कानुनअनुसार प्रदेशका मन्त्रीको मासिक तलब ५२ हजार, राज्यमन्त्रीको ४९ हजार, सहायक मन्त्रीको ४७ हजार तोकिएको […]

Nepal News Time March 29, 2018

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक हप्तामा खटाउन शुरु गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए। ‘भर्खरै स्थानीय तहको सांगठनिक संरचना मन्त्रिपरिषद्बाट स्वीकृत […]

Nepal News Time March 29, 2018

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन यसैसाता गोप्य रुपमा चीन भ्रमणमा पुगे। उनले बेइजिङ छोडेपछि मात्रै दुवै देशले यो भ्रमणको पुष्टि गरे। कोरियाली प्रायद्वीपमा तनाव कम हुँदै गर्दा किम किन चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट् पुगे भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन्। दक्षिण कोरियाका पूर्व विदेशमन्त्री युन ब्युङ सेले भने ‘शिखरवार्ता कूटनीति’ मा किमको […]

Nepal News Time March 29, 2018

हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस्’ले अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेका छन्। उनले फेसबुक स्ट्याटस लेख्दै क्रिकेट स्टेडियम निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्। अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा नेपालले राम्रो गरिरहेको छ त्यसले जनस्तरमा स्तरीय खालको स्टेडियम निर्माण गरिनुपर्ने बहस हुँदै आएको थियो। उनले नेपाल क्रिकेटमा उत्कृष्ट रहेको बताउँदै अभियानमा […]