Nepal News Time March 17, 2018

बेलायतले आफ्ना कूटनीतिक कर्मचारीलाई देशनिकाला गरेको बदलास्वरुप रुसले पनि २३ बेलायती कूटनीतिज्ञलाई देश छोड्न आदेश दिने बताएको छ। रुसले ब्रिटिश काउन्सिल पनि बन्द गर्ने बताएको छ।

रुसी विदेशमन्त्रालयले देशनिकालाको निर्णय लिएको हो। यसअघि रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभलाई मस्कोस्थित बेलायती राजदूतलाई बोलाएका थिए।

एक पूर्व दोहोरो जासुस र उनकी छोरीमाथि बेलायतमा भएको रासायनिक आक्रमणपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको हो।

यसअघि बेलायती प्रधानमन्त्री टरिजा मेले २३ रुसी कूटनीतिक कर्मचारीलाई देशनिकाला गर्ने बताएकी थिइन्। एजेन्सी

Leave a comment.

Your email address will not be published. Required fields are marked*