Nepal News Time March 13, 2018

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनु भएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।विद्यादेवी भण्डारी दाेस्राेपटक राष्ट्रपतिमा निर्वाचित

पहिलो पटक २०७२ कार्तिक ११ गते मुलुककै प्रमुख पदमा निर्वाचित भएकी एमालेकी तात्कालिन उपाध्यक्ष भण्डारी आज भएको निर्वाचनमा अत्यधिक मतका लागि पाँच वर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

कुल खसेको ८ सय ६२ मतमध्ये भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै कांग्रेसका तर्फबाट राष्ट्रपतिकी प्रत्यासी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाउनुभयो ।

Leave a comment.

Your email address will not be published. Required fields are marked*